नवलपुरमा जीप दुर्घटना ४ जनाको निधन, १० जना घाइते




रामकुमार श्रेष्ठ —

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौवादीको कान्छीपानीमा विहीबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीषक भुवनेश्वर तिवारीका अनुसार कावासोतीबाट पहाड उक्लदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । जीप सडकबाट १ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

दुर्घटनामा परी बुलिङ्गटार ६ निवासी ६० बर्षीय होमबहादुर रानाभाट, बुलिङटार ५ राइकोट निवासी ६७ बर्षीय मनसुभा बराल, बौदीकाली २ डेढगाउँ निवासी केसरी दराई र ५८ बर्षीय यामबहादुर ठाडाको निधन भएको छ ।

तिवारीका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको भरतपुर पठाइएको छ भने जिप दुर्घटना हुँदा हामफालेर ज्यान बचाउने २ जनाको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्थास्थ्य चौकीमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी चालक दुर्गाबहादुर विरकट्टा, २१ बर्षीया फुलमाया कुमाल, २४ बर्षीया सुनिता रानाभाट, ४ बर्षीय बालक निश्चल रानाभाट, सिजन दराई (बालक), १४ बर्षीय सुना सुनार, २० बर्षीय उत्तम क्षेत्री , खेमचन्द्र दराई, १८ बर्षीय धनजीप नेपाली र ३१ बर्षीय देवबहादुर नेपाली घाइते भएका छन् ।



सम्बन्धित
Loading...