सरावलको बडसारेबाट लागु औषध सहित ३ जना पक्राउ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बड्सारेबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरीएको छ । बिशेष सुचनाको आधारमा आज मङ्गलबार ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बड्सारेबाट लागु औषध उनीहरुलाई पक्राउ गरेको हो ।
बडसारेका पारसनाथ गुप्ताको घरमा बरामद गरीएको लागु औषध प्याकिङ गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने बर्ष १७ का प्रलाद कहाँर, बर्ष १८ का राजन गुप्ता र बर्ष १५ का कृष्ण मोहन सहानीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुको साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरीएको हो । उनीहरु विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान कार्य भैरहेको छ ।