परिवारबाट हुने सहयोग राजनीतिमा धेरै महत्त्वपूर्ण हुन्छन् : विप्लव


२२ मंसिर २०७९, बिहीबार



कपिलवस्तु, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले परिवारबाट हुने सहयोग राजनीतिमा धेरै महत्त्वपूर्ण हुने बताएका छन् । आमा अशोका देवी चन्दको स्मृतिमा कपिलबस्तु शिवगढीमा बुधबार भएको श्रद्धाञ्जली सभा कार्यक्रममा उनले यस्तो बताएका हुन् । महासचिव विप्लवले आफुहरुले हिडेको बाटोलाई कहिल्यै पनि अप्ठ्यारो नमानेर आमाले साथ दिएको स्मरण गरे ।महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्यु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको समेत बताए ।

महासचिव विप्लवले एउटामात्रै पार्टीको सदस्य वा परिवारको सदस्यले यताउता गर्दापनि निकै पीडा हुने गरेको बताए । उनले समाजमा पनि त्यो हुन्छ, समाजलाई मिलाएर लैजाउ भन्ने सबैको चाहना हुने तर नमिल्दा दुःख र पीडाहरु हुने गरेको बताउदै परिवारबाट हुने सहयोग राजनीतिमा धेरै महत्त्वपूर्ण हुने जिकिर गरे । ‘पार्टीमा धेरै खालका योगदानहरु हुन्छन् उनले भने बाहिर भाषण गर्नेले थुप्रै कुरा भन्नसक्छ, किताब लेख्नेले लेख्न सक्छ। तर, कयौं आमाहरू, परिवारका सदस्यहरू, दिदीबहिनीहरु, श्रीमानहरु विभिन्न ढंगले मेहनत गर्ने र काम गर्ने हुन्छन्, त्यो एउटा भूमिका हो । त्यो भूमिका पूरागर्ने हाम्रा आमाहरूपनि हुन् । जस्को भूमिका देखिदैन् तर उनको भूमिकाले हामी यहाँसम्म आउन सजिलो भएको छ ।’




एउटै संसार बदल्ने कुरा, समाज बदल्ने कुरा एउटै वर्ग बनाउने कुरा, एउटै जाती बनाउने कुरा, सबैलाई सुख दिने कुरा, समाजलाई समृद्ध बनाउने कुरा यसो हेर्दा कठिन जस्तो लाग्ने र त्यो यात्रामा पनि सहयोग गर्ने आमाहरू, परिवार, समाज र पार्टीका नेता-कार्यकर्ताहरु धेरै महान हुने उनको भनाइ छ । यदि हामी असल बाटो हिड्छौं भने आजको साम्यवाद र समाजवाद त्यही हो उनले भने । साम्यवाद भन्ने तर भ्रष्टाचार गर्ने र जनतालाई दुस्ख दिने कुरा साम्यवाद नहुने भन्दै उनले जतिसुकै रुपरंगका नारा दिएर देश बेच्ने कुनै वादको औचित्य नभएको बताए ।

‘हामीले बन्दुक कुनै मान्छेलाई मार्ने उद्देश्यले बोकेको होइन, उनले भने हामीले बन्दुक परिवर्तनको लागि बोकेका हौं, कसैले हाम्रो परिवर्तनमा हस्तक्षेप गर्छ भने त्यसको प्रतिकार हुन्छ । हामीले समाजमा नयाँ संस्कार स्थापित गर्नेछौं । सी जातिले एउटै काम गर्नेछन् । त्यसैले हामीले पहिला आफुबाट नै यो नीति लागु गर्दै अगाडि बढ्यो । अन्तत हामी सबै सी जाति भएर नयाँ संस्कार संस्कृतिको विकास गरेर जान्छौँ । यसमा कसैले अवरोध गर्छ भने त्यसको पतन पनि अनिवार्य हुन्छ नेपाल कम्युनिस्ट पार्टी स्थायी सदस्य तथा जनपरिषदका प्रमुख सन्तोष सीले जन्मिनुको अर्को प्रण मृत्यु भएको बताए । उनले सबै आमाहरू आशिदा देवी चन्द जस्ता नहुँदा रहेछन् भन्ने कुराको उद्घोष गरे । हिजो र आजको समाजलाई तुलना गरेर हेर्यौ भने हिजो जस्तो आज छैन्, आजको जस्तो भविष्यमा समाज नहुने उनले जिकिर गरे ।

‘मान्छेको जीवन छोटो छझ उनले भने तर, यो छोटो जीवनमा आमाबाट केही सिकौं र समाजलाई राम्रो बनाउनेसंगै युग परिवर्तनमा लागौं । यहाँ हामी विभिन्न दलहरुमा विभक्त भएपनि सबैको एउटै उद्देश यो समाजमा राम्रो गरौं भन्ने हो । समाजमा भएका सबै खाले असमानतालाई अन्त्य गर्दै एउटै मानव जाति बनाउ भन्नेमा कसैको विमत्ती छैन् ।
सल्लाहकारको तर्फबाट दीर्घ सीले सबै आमाहरू महान हुन्छन् त्यसमा पनि एउटा क्रान्तिकारीका नायकलाई जन्मदिने आमा झनै महान हुने बताए ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वाज शर्मालले हामी क्रान्तिकारी सबैका आमालाई गुमाउदा दुस्खी भएको बताए ।No description available.
कार्यक्रममा रोल्पा ख को स्वतन्त्रबाट विजयी भएका दिपेन्द्रकुमार पुन, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य वसन्त घर्ती, सहिद तथा विपत्ता र सम्पूर्ण जबसका तर्फबाट पार्टीका पिबिएम आस्थासी, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमाकान्त खनाल, जीवनले शोक मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा महासचिव विप्लवको अध्यक्षमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा देशभरबाट पार्टीका नेता कार्यकर्ता, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भेषराज सीले गरेका थिए ।



सम्बन्धित
Loading...