नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार डण्डा–चोरमारा बीच जंगल कावासोती १६ चालिसकिलो मिटर जंगलमा प्रहरी चेकजाँचको क्रममा २ जनालाई लागु औषध सहित पक्राउ गरेको हो ।
ना ५४ प १०३२ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्व आउँदै गरेका लम्जुङ्गको बेसीशहर १ निवासी ३० बर्षीय ठाकुर लोहानी र चितवनको भरतपुर महानगरपालिका १६ निवासी ३५ बर्षीय प्रवेश नेपालीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुबाट प्रहरीले नुफिन ९४ एम्पुल, फेनारागन ९४ एम्पुल र डाइजापाम ९४ एम्पुल बराबद गरेको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अनुसन्धान थालिएको जनाएको छ ।