विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन


विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन



संगम गिरी –

पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिका भित्र रहेका विद्यालयहरूकाे छड्के अनुगमन गरेका छन् ।




अध्यक्ष गिरीले आफै संस्थापक प्रधानाध्याक रहेकाे सिद्ध आधारभूत विद्यालय, भवानी मावि, बालहित आधारभूत विद्यालय, बतासचुली आधारभूत विद्यालय, सूर्यज्याेति आधारभूत विद्यालय लगायतका विद्यालयकाे अनुगमन गरेका हुन् ।

अध्यक्ष गिरीले विद्यालय अनुगमनका क्रममा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्नु पर्नेमा जाेड दिएका थिए । त्यसैगरी साक्षर गाउँपालिका निर्माणमा अध्यक्ष गिरी लागि परेका छन् ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा यस शैक्षिक शत्रबाट कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम पनि पठनपाठन शुरू भएकाे छ ।

अध्यक्ष गिरीका अनुसार अर्काे शैक्षिक शत्रबाट कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमकाे पठनपाठन शुरू हुने छ ।

विनय त्रिवेणीमा विज्ञहरूकाे टाेली पाठ्यक्रम तयारी पारिसकेकाे र अहिले लेखन कार्य चहिरहेकाे छ ।



सम्बन्धित
Loading...