नवलपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीमा स्कूल बसको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार नवलपुरको गैडाकोट नगरपालिका १२ सुन्दरीचोकमा स्कूल बसको ठक्करबाट ३ बर्षीया बालिकाको घटना स्थलमै निधन भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३ बर्षीया बालिका साइरा चुनीमगर रहेको अस्थाई प्रहरी पोष्ट बेल्डीहाले जनाएको छ । सुन्दरीचोक मठकुरी सालघारी स्थित भित्री सडक खण्डमा दिउसो साढे एक बजेको समयमा दुर्घटना भएको हो ।

सालघारीबाट राजमार्गतर्फ आउँदै गरेको सूर्योदय बोडिङ्ग स्कुलको ग १ क २७५७ नं. बसले विद्यार्थी लिएर छाड्न जाने क्रममा घर अगाडि बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...