आजदेखि मदारबाबा मेला शुरु, डंका बजाई ढाेलतास पिट्दै मदारबाबा मजार प्रस्थान

घनश्याम बगाले —
नवलपरासी २७ माघ ।
मुस्लिम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारस्थान मेला शुक्रबार प्रारम्भ भएको छ ।
पूर्वी नवलपरासीको बिकट क्षेत्र दाउन्ने पहाडमा लाग्ने मदारबाबा मेला मुस्लिम धर्म परम्परा अनुसार डंका बजाउदै ढाेलतास पिटेर बाबा मजार स्थान प्रस्थान गरे पछि सुरू भएकाे हाे ।
मुस्लिम तथा हिन्दु धर्मावलम्बी माझ मजार स्थान पुगेर बाबासंग दुवा अर्थात पिठ थप्थपाएर आशिर्वाद लिदा रोग ब्याध निको हुने, मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ ।
यहि विश्वास र मान्यतामा अनुसार बालक बृद्ध,महिला,नव विवाहितहरू श्रद्धा पूर्वक मदारस्थल मजार पुग्ने गर्दछन् ।
हरेक वर्ष फाल्गुण पञ्चमीबाट सुरू भई ९ दिन सम्म लाग्ने मदार मेला भर्न नेपाल, भारत तथा तेस्रो राष्ट्रबाट लाखौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् ।
यश वर्ष पनि अघिल्ला दिन देखिनै श्रद्धालुहरू आउनेक्रम सुरू भई भएको मजार स्थान संरक्षण समितिका अध्यक्ष लाल मोहम्मद सेखले बताउनु भयो ।
सेखका अनुसार गद्दीनसिन बाबा अमिरूल्लाह तराई देखि झण्डै ५ किमि माथि पहाडमा रहेकाे मजार स्थान चडे पछि मदारबाबा मेला प्रारम्भ हुनेछ ।
लाखौंको संख्यामा श्रद्धालुहरूको उपस्थिति रहने मेलालाई सुव्यवस्थित गर्न स्थानीय स्तरमा जन प्रतिनिधि तथा मस्जिद पदाधिकारी सहितको २५ सदस्यीय मेला ब्यवस्थापन समिति बनेकाे छ ।
यसै बीच मेला संचालन र मजार स्थानमा गद्दी सम्हाल्ने बाबाका सम्वन्धमा स्थानीय स्तरमा मत बाझिएको छ ।
स्थानीय सुस्ता २ महलबारी मस्जिदका पिठाधिस अमिरूल्लाह र अघिल्लो वर्ष मजारगद्दी सम्हालेका बाबा हनिफ बीचको आधिकारिकतामा विवाद उठेको थियाे ।
मजार स्थान सम्हाल्न बाबा हनिफ बुधवारै पहाड चडेका थिए भने बाबा अमिरूल्लाह शुक्रबारमात्र ढाेलतास पिटेर मजारस्थान प्रस्थान गरेकाहुन् ।
बाबा हनिफ पहाड पुगी सकेको र उनले शुक्रबारनै डंकाबजाई बिधिवत मजारबाबाको गद्दीमा रहने जमालुद्दिन अन्सारीले बताउनु भयो ।
मजारबाबाको आधिकारिकताका सम्वन्धमा यहाँ स्थित नवलपरासी पूर्व र पश्चिम दुवै जिल्ला प्रशासनले मुस्लिम समुदायकाे राय र प्रचलित परम्परा अनुसार मेला संचालन गर्न समन्वय गरेकाे थियाे ।
श्रद्धालुहरूको बाबा र मजारस्थल प्रति रहेको आस्था र धार्मिक मुल्यमान्यता बचाई राख्न समन्वय चाहेकाे स्थानीय अधिकारीहरूले बताउदै आएका थिए।
यसै सम्वन्धमा बिहिवार सांझसम्म बाबाका बिषयमा स्थानीय माझ समन्वय भएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनु भयो ।

बाबाकाे रहने भन्ने बिषय र मेला संचालनमा भएकाे समन्वयमा दुबै बाबाहरू ६/६ घण्टाकाे फरकमा आलाेपालाे गद्दीमा रहेर मेला चलाउने स्थनीय स्तरमा भद्र सहमति बनेकाे जनाईएकाे छ ।
२०७३ सालमा मुलुकको प्रदेशगत एवं जिल्ला बिभाजनसंगै मदारस्थान मेलास्थल दुई भागमा बाडिन पुगेको छ र संगसंगै यसकाे संचालनमा समय समयमा विवाद पनि सिर्जना हुने गरेकाे छ ।
भूगोलका हिसाबले मजारस्थल प्रबेसद्वार मानिदै आएको महलबारी मस्जिद लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी जिल्ला सुस्ता गाउँ पालिका २ मा रहेको छ ।
जुन मदारबाबा स्थान दर्शनका लागि श्रद्धालुहरू आईपुग्ने र पहाड को यात्रा तय गर्ने स्थल मानिन्छ ।
त्यसै गरि पहाड स्थित मदारबाबाले तपस्या गरेको शक्तिस्थल मजार पूर्वी नवलपरासीको बिनयी त्रिवेणी ६ गण्डकी प्रदेशमा पर्दछ ।
यश बर्ष मेलाकाे सुरक्षा ब्यवस्था चुस्त बनाई राख्न नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको बिपद उद्दार टोली, मध्यवर्ती लगायत सुरक्षा संयन्त्र तैनाथ रहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनु भयो ।
जहाँ मेला अवधि भरका लागि नवलपरासी पूर्वका सहायक प्रजिअ र प्रनाउकाे कमाण्ड मा प्रशासनिक तथा सुरक्षा कमान्ड रहने बताईएकाे छ ।
यसै सम्वन्धमा त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरी मजार क्षेत्र पालिकाकाे सम्पत्ति भएकाले यसकाे संरक्षण र समुचित ब्यवस्थापनका लागि वडातह लागेकाे बताउनु हुन्छ ।

प्राचीन मान्यता र मदार ए तारिख पुस्तकमा उल्लेख भए अनुसार सातौं सताब्दीको अन्तिम दशक तिर सिरिया तिरबाट देश देशावर गर्दै आएका मदार बाबाले यहाँ आई तपस्या गरेको र चमत्कारिक शक्ति प्राप्त गरेको स्थलका रूपमा मजारस्थान रहेको छ ।