नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको भेला आयोजक समिति गठन

लक्ष्मी पौडेल –
नवलपरासी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ ।
सनिवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलशिलामा काठमाण्डौ आएर बसेका मानिसहरुको बिच काठमाण्डौको बागबजारमा भएको एक भेलाले नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समितिकाको २५ सदस्यीय भेला आयोजक समिती गठन गरेको छ ।
भेला आयोजक समितीको संयोजकमा रिंकी पंगेनी रहनु भएको छ भने समितीको कार्यालयमा सुनवल नगरपालिकाबाट लक्ष्मी पौडेल, रामग्राम नगरपालिकाबाट घिरज कुमार, वर्दघाट नगरपालिकाबाट अर्जुन विक, प्रतापपुर र सस्ताबाट विनोद यादव, पाल्हीनन्दनबाट संदिप कुमार यादव एवं सरावलका लागि मुकेश चौधरी लगाएतको ८ जनाको कार्यालय समिटी गठन गरिएको लुम्बिनी समन्वयन समितीका उपाध्यक्ष उदय अधिकारीले बताउनु भयो ।
८ जनाको कार्यालय समिति रहेको नवलपरासी काठमाण्डौ सम्पर्क समन्वयन समिति २५ सदस्यीय भेला आयोजक समिती गठन गरेको छ ।
