नवलपुरमा दुर्घटनामा १ जनाकाे निधन



नवलपुरमा दुर्घटनामा १ जनाकाे निधन
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा गएराति ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे निधन भएकाे छ ।



नवलपुर प्रहरीका अनुसार गए राति नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोक स्थित भित्री सडकखण्ड (देउराली-सर्दी) मा दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको लु ४ त ३०४६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक साईडमा पल्टन जाँदा १ जनाकाे निधन भएकाे छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाईते विनयी त्रिवेणी ४ निवासी १२/१३ बर्षीय बालक बविन क्षेत्रीकाे उपचारकाे क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासाेती डण्डामा निधन भएकाे हाे ।




टुर्घटनामा परी ट्याक्टर चालक जिल्ला नवलपरासी(पूर्व) विनयी त्रिवेणी ४ बस्ने बर्ष ३१ को लक्ष्मण क्षेत्री र २८ बर्षीया महिला डुग्गी कुँवर क्षेत्री घाईते भएका छन् ।

उनीहरूकाे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकाे छ । ट्याक्टर घरमा ठाेकिन पुग्दा स्थानीय गणेश प्रसाद बस्यालको घरमा समेत क्षति पुग्न गएको प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...