पत्रकार श्रेष्ठ सम्मानित
अपाङ्गता समन्वय परिषद नवलपुर मध्यविन्दुले आज पत्रकार रामकुमार श्रेष्ठलाई सम्मान गरेकाे छ ।
पत्रकारिताकाे माध्यमबाट अपाङ्गता भएका क्षेत्रका व्यक्ति र संस्थाका बारेमा कलम चलाएकाे भन्दै आज पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे हाे ।

आज देखि चाेरमारामा अपाङ्गता भएका व्यक्तिहरूकाे क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयाेजना गरिएकाे कार्यक्रमकाे उद्घाटन कार्यक्रममा सम्मान गरिएकाे थियाे । कार्यक्रममा गैसस महासंघ नवलपुरकाे बद्रि नेपाल, चाेरमाराका स्थानीय संघ संस्थालाई सम्मान गरेका थिए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे उद्घाटन कार्यक्रम सागर लुईटेलकाे अध्यक्षतामा भएकाे थियाे । तालिम ३ दिन चल्ने छ । तालिममा मध्यविन्दु नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।