नवलपुरमा मनाइयो सहिद सप्ताहा




कावासोती । सहिद सप्ताहाको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादीले कावासोती फलफूल चोकको सहिद पार्क सरसफाई गरेको छ ।




क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको हो । सो अवसरमा सहिदको सालिकमा माल्यार्पण समेत गरिएको क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी टिकाराम काफ्लेले बताए ।

त्यसैगरी कम्युनिष्ट घटकहरूले मनाउँदै आएको शहिद सप्ताहको अन्तिम दिन तथा समापन कार्य्रकम नवलपुरमा आईतबार पुष्पलाल स्मृति प्रतिष्ठान र निर्मल लामा स्मृति प्रतिष्ठानको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

फागुन १४ देखि २१ गतेसम्म मनाईदै आएको शहिद सप्ताहमा आईतबार केही शहिद परिवारलाई सम्मान गरिएको हो । पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाका अध्यक्ष धर्म बहादुर के सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुष्पलाल स्मृति प्रतिष्ठान, केन्द्रीय समितिका बरिष्ठ सल्लाहाकार तथा बामपन्थि नेता युमुना प्रसाद न्यौपाने रहेका थिए। कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य किशन शर्मा, माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य सुष्मा खनाल, नेकपा एसका जिल्ला अध्यक्ष शालिकराम भट्टराई, नेकपा नवलपुरका जिल्ला ईञ्चार्ज सुमन ज्ञवाली, नेसपा गण्डकी प्रदेश उपाध्यक्ष प्रेम न्यौपाने लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा शहिद फूलमाया सारूका बुबा रनबिर सारू, शिवहरी तिमिल्सिनाकी श्रीमती खिमा रिजाल, ज्ञानुराम पञ्जियारकी आमा मोति पञ्जियार, भाउजू मिनकुमारी पञ्जियार र बुबा केबल प्रसाद पञ्जियार, धर्मराज पराजुलीको श्रीमती पार्वती सिग्देल, दुर्गाराज गौतमकी श्रीमती भगवती गौतम, घनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कावासोती, फलफूल चोकमा रहेको शहिद पार्कमा भएको थियो ।



सम्बन्धित
Loading...