प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता




काठमाडौं २३ फागुन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मंगलवार रिट दर्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्च अदालतमा उनी विरुद्ध रिट दर्ता गरिएको हो ।




प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गरेका हुन् ।

उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । रिट निवेदकमध्येका एक अधिवक्ता ज्ञानेन्द्रराज आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको बताए ।



सम्बन्धित
Loading...