गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु




बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिबार साँझ साढे ६ बजे महागढिमाई नगरपालिका ८ थलही पुल कलैया लंगडाचौक सडकखण्डमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।




ना. ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ४ चक्के गाडीले ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका १ जमुनियाका २२ वर्षीय विकासकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गण्डक अस्पताल वीरगन्ज, पर्सामा उनको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने गाडी र चालक फरार छन्।



सम्बन्धित
Loading...