मदिरा व्यवसायी संघकाे पहिलो बैठक सम्पन्न
आर.ए.अन्जान
कपिलवस्तु, १० चैत ।
मदिरा व्यवसायी संघ कपिलवस्तले पहिलाे बैठक सम्पन्न गरेकाे छ । बिहीबार बुद्धभुमि नगरपालिका-२, गाेरुसिंगेमा भएकाे बैठकले संस्थालाई समृद्ध बनाउने निर्णय गरेकाे छ ।
संघका वरिष्ठ सल्लाहकार चुन्ना प्रसाद उपाध्यायले मदिरा व्यावसायीकाे हकहितकालागि सबैकाे सहकार्य गर्न जरुरी रहेकाे बताए । आगामी दिनमा साे व्यवसायीहरु सशक्त भएर अगाडि बढ्नुपर्ने बताउँदै नव गठित पदाधिकारीलाई धन्यवाद समेत उनले व्यक्त गरे ।
यसैबीच संघका अध्यक्ष कुलचन्द्र सिग्देलले मदिरा व्यवसायीहरुको हकहितका सवालमा संघले बुलन्द आवाज उठाउने उद्घोष गर्ने बताए । नवनिर्वाचित सिग्देलले सबैलाई धन्यवाद दिँदै करलाई मैत्रीपूर्ण बनाउन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा बाेल्ने अधिकांश वक्ताले चुस्तदुरुस्त र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । सबैभन्दा बढी राजश्व असुली हुने व्यवसाय नै मदिरा व्यवसाय भएकाले यसको नीति नियमबारे सबैले जानकारी राख्नुपर्ने बताएका थिए । वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पौडेलले जिल्लाभरका सबै मदिरा व्यवसायी संगठित हुनुपर्नेमा जोड दिए ।