सेनाकाे टाेलीले डिस्पाेज गर्याे ९ थान 81mmhe62.9ba बम


रामकुमार श्रेष्ठ –



नवलपरासी, १३ चैत । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका ५ भेडी गाउँ नजिकैकाे जंगलमा भेटिएकाे ९ थान बम नेपाली सेनाकाे टाेलीले साेमबार डिस्पाेट गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरकाे प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकका अनुसार नं.२ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरबाट गएकाे टाेलीले बम डिस्पाेज गरेकाे हाे ।




अस्थायी प्रहरी चौकी सर्दीबाट १८ कि.मि.उत्तर तर्फकाे वम भेटिएकाे थियाे । आईतबार गाेठालाे गएका स्थानीयले बम देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेकाे थियाे । प्रहरीले घटना स्थललाई रातभर सुरक्षा दिएर राखेकाे थियाे ।

घटनास्थलमा नेपाली सेनाको टोलि पुगि चेकजाँच गर्दा ९ थान 81mmhe62.9ba हतियारको सेल रहेको उक्त सेलमा थान-८ केस सहित रहेको र थान-१ केसरहित रहेको अवस्थामा बम भेटिएकाे प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...