बाल्मिकी आश्रम जाने पुल बन्यो तर बाटो बनेन




रामकुमार श्रेष्ठ –

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको धार्मिक एवम् पर्यटकीय महत्व बोकेको बाल्मिकी आश्रम जान नारायणी नदीमा झोलुङ्गे पुल बनेको छ ।




पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा रहेको त्रिवेणी बजार र गजेन्द्रमोक्ष धामबाट चितवनको बाल्मिकी आश्रम जाने ४ सय ७९ मिटर लामो झोलुङ्गे पुल बनेको हो । झोलुङ्गे पुल बनेपनि निकुञ्ज भित्र नेपालबाट बाल्मिकी आश्रम जाने बाटो भने खोलिएको छैन ।

बाल्मिकी आश्रम नेपालमा भए पनि यहाँ भारतको बाटो प्रयोग गरेर जानु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माण भएको ठाउँबाट बाटो निर्माण गरिए नेपालकै बाटो सजिलै बाल्मिकी आश्रम जान सकिने छ ।

यो पुल ५ करोड ५७ लाख २२ हजार ३ सय ८५ रुपैयाँ लागतमा नेपाल सरकारको स्थानीय पूर्वाधार विभागले निर्माण गरेको हो ।

पुल बनेपछि बाल्मिकी आश्रम जाने बाटो सञ्चालनमा नआए पनि यहाँ झोलुङ्गे पुल हेर्न र नारायणी नदी माथिको झलुङ्गे पुलमा रमाउने दैनिक हजारौं दर्शकहरु आउने गरेका छन् । यहाँ आएका दर्शकहरु अहिले सामाजिक सञ्जाल टिकटिकमा भिडियो बनाउने, फोटो खिच्न निक्कै रमाउने गर्दछन्् ।

पुलसँगै बाटो सञ्चालनमा आएमा रामसीताको पुत्र लबकुश जन्मे हुर्केको, सिता वनबास गएको र बाल्मिकी ऋषि तपस्पा गरेको क्षेत्र बाल्मिकी आश्रम हेर्न दैनिक हजारौं भक्तजन र पर्यटकहरु यहाँ सजिलै भित्रिने थियो ।



सम्बन्धित
Loading...