नवलपुरबाट निकुञ्जमा जंगल सफारी बढे




रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीबाट चितवन राष्टिूय निकुञ्जमा जंगल सफारीको लागि निकुञ्जले अनुमति दिएसँगै यस क्षेत्रमा पर्यटकहरु आगमन ह्वात्तै बढेको छ ।
चितवन राष्टिूय निकुञ्जमा जंगल सफारीका लागि यस अघि चितवनको सौराहाबाट मात्र निकुञ्ज प्रवेश गर्न पाइनेमा अहिले नवलपुरको अलमटारी, पिप्रहर, पिठौली लगायतका क्षेत्रबाट निकुञ्ज प्रवेशको लागि बाटो खुल्ला गरिएको हो ।

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जंगल सवारीको लागि अनुमति पाएसँगै यहाँ पर्यटकको चाप बढेको मात्र नभई होटल तथा होम स्टेको व्यापार समेत बढेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्टिूय निकुञ्ज लोपउन्मुख एक सिंगे गैडा, बाघ, भालु, निलगाई, गौरी गाई, हरिण, मृग, जरायो, मयुर जस्ता जंगली जनवार तथा चराचुरु·ीहरुको मुख्य बासस्थान रहेको क्षेत्र हो ।




यहाँ आउने पर्यटकहरुको मुख्य रोजाई भनेको एक सि·े गैडा हेर्नु हो । त्यसका लागि चितवन राष्टिूय निकुञ्जमा जंगल सफारी गर्न जीप र पैदलबाट पर्यटकहरु निकुञ्ज प्रवेश गर्ने गर्दछन् । यहाँ विदेशी पर्यटक र आन्तरिक पर्यटक दुवैको उत्तिकै भिड लाग्ने गर्दछ । पहिला चितवनको सौराहा, कसरा लगायतका क्षेत्रबाट निकुञ्ज प्रवेशका लागि अनुमति दिइएको भए पनि अहिले पूर्वी नवलपरासीको अमलटारी, पिप्रहर लगायतका क्षेत्रबाट पनि अनुमति दिइएको छ । जसले गर्दा यस क्षेत्रमा पर्यटकको संख्या बढ्नुका साथै होटल तथा होम स्टेको पनि व्यापार बढेको स्थानीय होटल व्यवसायी एवम् नवलपुर पर्यटन समितिका संयोजक फन्सराम महताले बताए ।

यहाँका होटल व्यवसायी, होम स्टे सञ्चालकहरुले पर्यटकलाई जंगल सफारी गराउनु देवचुलीको पिप्रहरबाट नारायणी नदी पारी २ वटा जिप र कावासोतीको अमलटारीबाट नारायणी नदी पारी ५ वटा जिप राखिएको छ ।

उनीहरुले यहाँ आउने पर्यटकहरुलाई डुंगामा नारायणी नदी पार गराउने र त्यसपछि निकुञ्ज भित्र रहेका जीपबाट कम्तिमा ५ घण्टा जंगल सफारी गराउने गर्दछन् ।

20230220140242_MVI_8670

यहाँबाट निकुञ्ज भित्र जंगल सफारी खुलेसँगै यहाँको होटल व्यवसाय समेत बढेको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरले बताए । यस क्षेत्रबाट निकुञ्ज प्रवेशका लागि बाटो खुल्ला गरेपछि सौराहा जाने पर्यटक पनि यता आउने गरेको उनले बताए ।

नेपालका उत्कृष्ठ होम स्टे अमलटारी होम स्टे लगायतका १२ वटा होम स्टे नवलपुरमा मात्रै सञ्चालनमा रहेको छ । यहाँ आउने होम स्टेका पाहुनाको पहिलो रोजाई निकुञ्ज भित्र जंगल सफारी हुने गरेको अमलटारी होम स्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया बताउँदछन् ।

चितवन राष्ट्रिय निकुञ्जको अधिकांश भूभाग भौगोलिक दृष्टिकोणले चितवनमा बढी रहे तापनि जंगली जनवारको अत्यधिक चाप भने पूर्वी नवलपरासीसँग सिमाना जोडिएको नारायणी नदी किनार आसपास रहेका छन् । जसका कारण यस क्षेत्रबाट जंगल सवारी गर्दा बढी जंगली जनावर देख्न पाइएको स्थानीय पर्यटक व्यवासीहरु बताउँदछन् ।



सम्बन्धित
Loading...