परासीमा बौद्ध सम्मेलन


रामकरन हरिजन –
नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १६ बकेनवा स्थित विश्व बौद्ध सम्मेलन कार्यक्रम गरिएको छ ।



बिहिवार चैत पुर्णिमाको अवसरमा विश्व बौद्ध धम्म परिसद नेपाल द्रारा नवलपरासीमा बौद्ध सम्मेलन कार्यक्रम आयोजना गरेको हो ।रामग्राम नगरपालिका बकेनवा स्थित बौद्ध सम्मेलन कार्यक्रम्मा महामानव भगवान गौतम बुद्ध ,भारतका संविधान निर्माता एवम् ज्ञानका सागर बाबा साहब भिमराव अम्बेडकर, संत सिरोमणी रविदा, सावित्री बाई पुले,फुलमाला चढाएर पूजा गरेका थिए ।भनते नन्द रतनले भने पशु पंक्षी मानवलाई चढाईने कुनै धर्म हैन,अन्ध विश्वासको पछाडी नजानु कार्म गर्नु पर्छ ।

विश्व बौद्ध धम्म परिसद नेपालका श्रद्रेय बालचन बौद्धको अध्यक्षमा भएको कार्यक्रम्मा प्रमुख अतिथि नेपाल बहुजन समाजका राष्टिय अध्यक्ष भगवान दास बौद्ध , विशिष्ट अतिथिअधिवक्ता मनोज कुमार नागवंशी, भारत विश्व बौद्ध धम्म परिसद ईकाइका संयोजक श्रद्रेय डा. बेचु बौद्धचार्य, विश्व बौद्ध धम्म परिसद उतर प्रदेशबाट श्रद्रेय रामायन प्रसाद बौद्ध, श्रद्रेय हरिलाल बौद्ध , अतिथि श्रद्रेया विन्द्रावती बौद्ध, श्रद्रेया राजकुमारी बौद्ध, श्रद्रेया सरिता बौद्ध, श्रद्रेया सकुन्तला बौद्ध, श्रद्रेय राजेद्र बौद्ध सहितको उपस्थिती थियो।




बुद्ध धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुद्ध हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन भन्ने धार्मिक विश्वास रहेको छ। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुद्ध धर्म नभएको वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुद्ध भनिन्छ। वर्तमानमा साधारण रूपले “बुद्ध” शब्दले सिद्दार्थ गौतम चिनिन्छन। ऐतिहासिक र पूरातात्त्विक रूपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन। बुद्ध शब्द संस्कृत शब्द बुद्बाट आएको हो जसको अर्थ “जागृत भएको” हो अधिवक्ता मनोज कुमार नागवंशीले बताए ।

नागवंशीले भने बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रूपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरूलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्ने छन्।

बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दुस्खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक समबुद्ध भनिन्छ । उनी भन्दथे, “भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछुस् दुस्ख र दुस्ख निरोधको उपाय ।” शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दुस्खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।संत शिरोमणी गुरु रविदास मध्यकालमा एक भारतीय संत कवि सतगुरु थिए । भगवान दास बौद्धले उल्लेख गरेका थिए ।कार्यक्रम संचालन रामअवध बौद्धले गरेका थिए ।



सम्बन्धित
Loading...