बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका
बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका
बैतडी बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको छ ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।
जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन् छन्।
जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।