कृष्ण गैरेले ल्याए मिटरब्याजी र लघुवित्त पीडितको भावना समेटेको नयाँ गीत ‘मुटु रेटिन्छ’ – भिडियो सहित





कावासोती । कावासोतीका कृष्ण गैरेले नयाँ गीत मुटु रेटिन्छ बजारमा ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानल विहानी क्रियसन च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

१ दर्शन बढी नेपाल लोकगीतमा स्वर दिइसकेका कृष्ण गैरेको पछिल्लो गीत मुटु रेटिन्छ नामक गीतमा अहिलेको जल्दो बल्दो समस्या मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको छ । मिटरब्याजी साहू तथा लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्यासम्म गर्न पुग्ने अवस्थामा पुगेको कथावस्तु यस गीतमा समेटिएको छ ।


यस गीतमा मुख्य कलाकारको रुपमा अभिनेता रवि गिरी, निक्स शर्मा, जुना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् । त्यसैगरी कलाकारहरुमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाले पनि यस गीतमा अभिनय गरेका छन् ।

्कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द रहेको यस गीतको लय नन्दु परियार र संगीत संयोजन विनोद बाजुरालीको रहेको छ ।

म्युजिक भिडियोका सम्पादन तथा निर्देशन हुम गैरेले गरेका छन् भने छायांकन रोशन तामाङको रहेको छन् ।

गायक गैरेले यस गीतले आफ्नो सांगितिक क्षेत्रमा थप उचाई थपिने विश्वास गरेका छन् ।




सम्बन्धित
Loading...