स्थानीय पाठ्यक्रमः कावासोतीमा कक्षा ३ सम्म असार मसान्तमा मात्रै आउने


रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय पाठ्यपुस्तक लागूभएको ३ बर्ष बढी भईसक्यो तर, विद्यार्थीले पाठ्यपुस्तक भने पाउन सकेका छैनन् ।



देश संघीयतामा गएपछि बनेको स्थानीय तह अर्थात स्थानीय सरकारले पालिका भित्रका पर्यटकीय, धार्मिक, औधोगिक, कृषि क्षेत्रका साथै वडा, पालिकाको संरचना आदि विद्यार्थीहरुलाई पाठ्यपुस्तक मार्फत जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार पारेर लागु गरेको हो ।

४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका नवलपुरमा सबै पालिकाले पाठ्यक्रम लागू गरेको भए पनि विद्यार्थीलाई यस बर्ष पनि पाठ्य पुस्तक उपलब्ध गराउन सकेको छैन ।




कावासोती नगरपालिकाकाले पनि पाठ्यक्रम तयार गरेर कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागूगरेको ३ बर्ष भयो । कावासोती नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले यस बर्षको असार मसान्तसम्म कक्षा ३ सम्मको पुस्तक प्रकाशन गर्ने अन्तिम तयारी भएको बताए ।

उनका अनुसार पाठ्यक्रम स्वीकृतका लागि पठाएको भए पनि पाठ्यक्रम स्वीकृत हुन ढिलाई भएका कारण पाठ्य पुस्तक प्रकाशनमा ढिलाई भएको हो ।



सम्बन्धित
Loading...