नवलपुर जिल्ला बार इकाई अध्यक्षमा २ जनाको उम्मेदवारी, अन्य पदमा सर्वसम्मत


रामकुमार श्रेष्ठ –



नवलपुर । नवलपुर जिल्ला बार इकाईको जिल्ला अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ ।

२ बर्ष कार्यकालका लागि अन्य पदमा सर्वसम्मत भएको भए पनि अध्यक्ष पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा चेतप्रसाद डुम्रे र भुपेन्द्र खनालको उम्मेदवारी परेको हो ।




त्यसैगरी उपाध्यक्षमा कमल चापागाई, सचिवमा दिपक भट्टराई, कोषाधयक्षमा चिरञ्जीवि पाठकको मात्र उम्मेदवारी परेको नवलपुर जिल्ला बार इकाईको निर्वाचन मण्डलका संयोजक कमलराज पन्थीले जनाए ।

त्यसैगरी सदस्यहरुमा चुडाबहादुर आले, फेकुराम साह, संगिता बस्याल, राधा उपाध्याय लगायतको उम्मेदवारी परेको छ । ७ सदस्यका लागि ६ जनाको मात्र उम्मेदवारी परेको छ । त्यसैगरी २ जना पार्षदका लागि भोजराज दाहाल र प्रकाश सापकोटाको मात्र उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि २ जनाको मात्र उम्मेदवारी परेकोले अध्यक्ष पदका लागि जेठ ६ गते मतदान हुने भएको छ । नवलपुर जिल्ला बार इकाईमा ३४ जना मतदाताहरु रहेका छन् ।

जिल्ला अदालत नवलपुरलाई कार्यक्षेत्र बनाएर कार्य गरेको अधिवक्ता तथा कानुन व्यवसायीहरुको छाता संस्था बारले २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो ।



सम्बन्धित
Loading...