कुमारवर्ती क्याम्पसमा परीक्षामा केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै क्याम्पसमा तालाबन्दी
कुमारवर्ती क्याम्पसमा परीक्षामा केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै क्याम्पसमा तालाबन्दी
कावासाेती । कक्षा १२ काे परीक्षामा कावासाेतीकाे कुमारवर्ती क्याम्पसकाे केन्द्राध्यक्षले लापरवाही गरेकाे भन्दै परीक्षार्थीहरूले केन्द्राध्यक्षकाे कार्यकक्षमा तालाबन्दी गरिदिएकाे छ ।
आज भएकाे कक्षा १२ काे सामाजिक कक्षा तथा जीवन उपयाेगि शिक्षा विषयकाे परीक्षाकाे प्रश्न पत्रमा एउटा ऐेच्छिक प्रश्न छुटेकाे थियाे ।
छुटेकाे प्रश्न परीक्षा बाेर्डले देशभरका केन्द्राध्यक्षलाई टिपाेट गराएकाे भए पनि कुमारवर्ती बहुमुखी क्याम्पसका केन्द्राध्यक्षले भने परीक्षार्थीलाई खबर नगरेकाे भन्दै परीक्षार्थीले केन्द्राध्यक्षकाे कार्यकक्षमा तालाबन्दी गरेकाे हाे ।
उनीहरूले विद्यार्थीकाे भविष्यमाथि खेलवाद गर्ने केन्द्राध्यक्षलाई कारवाहीकाे माग गरेका छन् ।
कुमारवर्ती क्याम्पसमा मध्यविन्दु क्याम्पसका विद्यार्थीले परीक्षा दिएका थिए ।
