निकुञ्जमा न्यूराे साग टिप्न गएका बाेटे दम्पत्ति नारायणी नदीमा डुबी निधन

रामकुमार श्रेष्ठ –
नवलपरासी – नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा न्युराे साग टिप्न गएकाे बाेटे दम्पतिकाे नारायणी नदीमा डुबी निधन भएकाे छ ।
नवलपुरकाे मध्यविन्दु २ काेल्हुवा निवासी ५५ बर्षीय साेमबहादुर बाेटे र उनकी श्रीमती ४५ बर्षीया बगरी बाेटेकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले बताए ।
मध्यविन्दु २ नन्दपुरबाट नारायणी निकुञ्ज पारी हिजाे साँझ न्यूराे टिप्न गएका बाेटे दम्पत्ति दुबै नदीमा डुबी बेपत्ता भएकाेमा श्रीमती बगरी बाेटेकाे हिजाे साँझ नै सँग गएकाे टाेलीले मृत अवस्थामा उद्दार गरेकाे थियाे भने श्रीमान साेमबहादुर बाेटेकाे राति सवा ८ बजे मृत अवस्थामा शव फेला परेकाे थियाे ।
मृतक दम्पतिकाे शव पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएकाे छ ।
जीविकाेपार्जनका लागि निकुञ्जमा न्युराे साग टिप्न, नारायणी नदीमा माछा मार्न जाने यहाँका बाेटे, माझी, मुसहर, थारू लगायतका समुदायका बासिन्दाले बर्सेनि ज्यान गुमाउन बाध्य हुने गरेका छन् ।