दुई बालक दाजुभाईकाे सुतिरहेकै अवस्थामा निधन


जेठ १६ – सिन्धुलीमा एकै परिवारका २ जना बालककाे मृत्यु भएकाे छ ।



जिल्लाकाे दुधाैली नगरपािलका १ का स्थानिय गणेश पहाडीका १२ वर्षिय र ७ वर्षिय छाेराकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे ।

मृत्युकाे कारण एकिन नभए पनि सर्पकाे टाेकाईबाट उनीहरूकाे मृत्यु भएकाे अनुमान स्थानियले गरेकाछन् ।




गए राती सगै सुतेका दाजु भाइ बालक गृष र कृष बिहान बेहास भेटिए पछि उपचारकाे लागि बर्दिबास पठाईएकाे र त्याहापनि उपचार नभए पछि जनकपुर लगिएकाेमा अस्पतालले मृत घाेषणा गरेकाे स्थानियले बताएकाछन् ।



सम्बन्धित
Loading...