पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि ४ संगठन सहमत





नवलपुर । पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि नवलपुरमा रहेका ४ पत्रकार संगठन सहमत भएका छन् ।

प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ बीच यस्तो सहमत भएका हुन् । नवलपुरमा अहिले नेपाल पत्रकार महासंघका १ सय ३७ जना सदस्य रहेका छन् ति मध्य कतिपय अहिले सक्रिय नरहेका, विदेश गएका, अन्य पेशालाई मुल पेशाका रुपमा अंगालेका लगायतका सदस्यहरु ६० जनाको हाराहारीमा रहेका छन् ।


नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण कार्यविधि २०८० अनुसार सदस्यता शुद्धिकरणका लागि नेपाल पत्रकार महासंघलाई सघाउने भएको प्रेस युनियन नवलपुरका सभापति खगराज सापकोटाले बताए ।

वैठकमा क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष रामकुमार श्रेष्ठ, प्रेस सेन्टरको तर्फबाट प्रदेश सचिव अर्जुन अविरल, प्रेस चौतारीका तर्फबाट जिल्ला अध्यक्ष सालिकराम कोइराला र प्रेस युनियनका तर्फबाट जिल्ला सभापति खगराज सापकोटा सहभागी थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुरको केही दिन अघि बसेको वैठकले जेठ २३ गतेसम्म नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ भने पत्रकारिता क्षेत्रमा क्रियाशिल नरहेका, अन्य पेशालाई मुख्य पेशा गराएका, जनप्रतिनिधि, निजामति कर्मचारी लगायतलाई स्वघोषित रुपमा सदस्यता त्याग गर्न आव्हान गरेको थियो ।



सम्बन्धित
Loading...