विश्व वातावरण दिवसमा कावासोतीको महाराजस्थान मन्दिर परिसर सरसफाई


कावासोती । विश्व वातावरण दिवशको अवसरमा पारेर आज कावासोतीको ऐतिहासिक धार्मिक स्थल महाराजस्थान मन्दिर परिसर सरसफाई गरिएको छ ।




‘वातावरण जोगाऔं, स्वस्थ जीवन जिऔं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कावासोती साईक्लिङ ग्रूपले नवलपुर जिल्लाको ऐतिहासिक धार्मिक स्थल महाराज स्थानू परिसरमा सरसफाई गरेको हो ।

कार्यक्रममा सहभागी साईक्लिस्टहरूले स्वच्छ वातावरण विना स्वस्थ जीवन जिउन नसकिने भएकोले सबैले वातावरण स्वच्छ राख्नका लागि आ–आवलफ्नो तर्फबाट सक्दो पहल गर्नु पर्नेमा जोड दिएका थिए ।


मन्दिरमा गएका भक्तजन तथा आन्तरिक पर्यटकहरुले मन्दिर परिसरमा अव्यवस्थित रूपमा फालिएका प्लास्टिक तथा सिसाजन्य लगायत अन्य फोहरहरू संकलन गरि उचित ढंगबाट व्यवस्थापन गरिएको सरसफाई कार्यक्रममा सहभागी दीपकलाल श्रेष्ठले बताए ।

कार्यक्रम जन चेतना जगाउने उद्देश्यले आयोजना गरिएको र यस्तो कार्यमा सबैको सहभागिता रहनु पर्ने सहभागिहरूले बताएका छन ।

कावासोती साईक्लिङ ग्रूपले कावासोती क्षेत्रमा विभिन्न अवसर पारेर सामाजिक तथा जन चेतना जगाउन बिबिध कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।



सम्बन्धित
Loading...