जनजातिकाे मध्यविन्दुमा नेतृत्व विकास तालिम सम्पन्न




नवलपुर । पूर्व नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा नेतृत्व विकास तथा शीपमूलक तालिम सम्पन्न भएकाे छ ।

तालिमकाे आज चाेरमारामा समापन गरिएकाे हाे । समापन कार्यक्रममा बाेल्दै मध्यविन्दु नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूले सिकेकाे सीपलाई अभ्यासमा उतार्नु आवश्यक रहेकाे बताए ।




नेपाल आदिबासी जनजाति महासंघ मध्यविन्दु नगर समन्वय परिषदकाे आयोजना र मध्यविन्दु नगरपालिकाकाे आर्थिक सहयाेगमा भएकाे तालिम ३ स्थानमा ६ दिन सम्म चलेकाे थियाे । तालिमका बाेल्ने कला, नेतृत्व विकास र जनजातिका अधिकारका सवालमा प्रशिक्षण प्रदान गरिएकाे थियाे ।

तालिमकाे समापन कार्यक्रममा बाेल्दै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले आदिबासी जनजातिकाे अधिकार प्राप्तिका लागिएक पटक फेरि पहिचानकाे आन्दाेलन उठाउन आवश्यक रहेकाे बताए । उनले स्थानीय तहले सूचिकृत समूदाय महिला, दलित, आदिबासी जनजातिलाई नाम मात्रकाे बजेट विनियाेजन गरेर विभेद गरेकाे बताए ।

त्यसैगरी नेपाल आदिबासी जनजाति महासंघ नवलपरासीका सस्थापक सचिव एवम् पूर्व जिल्ला अध्यक्ष कर्णबहादुर सुनारीले जनजातिकाे प्रतिनिधित्व गर्दै जनप्रतिनिधि बनेका जनप्रतिनिधिहरूनै जनजातिका अधिकारका सवालमा बेखबर रहेकाे बताए ।

तालिममा १५ वटा वडाका १५० जनाकाे सहभागिता रहेकाे थियाे । तालिममा रामकुमार श्रेष्ठ, ज्ञानबहादुर बाेटे, कर्णबहादुर सुनारी, हरिममया थनेत, कमला राना, चन्दा गुरूङले प्रशिक्षण दिएकाे थिए ।

समापन कार्यक्रममा जनजाति महासंघका जिल्ला सचिव मदनबहादुर कुमाल, थाकस नवलपुरका सभापति रामप्रसाद महताे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जनजाती महासंघ मध्यविन्दुका सचिव श्याम कुमालकाे सञ्चालनमा भएकाे समापन कार्यक्रममा उपाध्यक्ष पिराम बहादुर रास मगरले स्वागत मन्तव्य राखेका थिए ।

यता असार १ गतेबाट विनय त्रिवेणीका ३ स्थानमा पनि जनजाति महासंघ नवलपुरकाे आयोजना र विनयत्रिवेणी गाउँ पालिकाकाे आर्थिक सहयाेगमा ६ दिने नेतृत्व विकास तालिम हुने भएकाे छ ।



सम्बन्धित
Loading...