विनयी त्रिवेणीमा जनजातिकाे क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम


नवलपुर ।



नेपाल आदिबासी जनजाति महासंघ विनयी त्रिवेणीकाे आयोजनामा विनयी त्रिवेणीका आदिबासी जनजातिका लागि नेतृत्व विकास तालिम शुरू भएकाे छ ।

शुक्रबार तालिमकाे गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उद्घाटन गरेका छन् ।




तालिमकाे उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष गिरीले जनताले मतदान गरे पछि जनप्रतिनिधिलाई मतदाताले खाेजेर भेटेर खबरदारी गर्नु पर्नेमा जाेड दिए ।

विनयी त्रिवेणी गाउँपालिकाकाे आर्थिक सहयाेग र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरकाे समन्वयमा तालिम भएकाे हाे । तालिम ६ दिनसम्म चल्ने छ ।

शुक्रबारबाट विनयी त्रिवेणी ४ मा तालिम शुरू भएकाे हाे । शनिबारदेखि दुम्किबास र आईतबारदेखि त्रिवेणीमा तालिम हुनेछ ।

तालिम उद्घाटन कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, सस्थापक सचिव कर्णबहादुर सुनारी लगायतले बाेलेका थिए ।



सम्बन्धित
Loading...