सल्यानका डाँगी काठमाडौंमा संगीतलाई कर्मथलो बनाउँदै



सल्यान जिल्ला बागचौर नगर पालिका ३ का वासिन्दा हेमराज डाँगी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुती श्रोता र दर्शकमाझ पस्किदै आईरहेका छन् । गायनसंगै संगीत सिर्जनामा पनि त्यतिकै सक्रिय रहदै आइरहेका हेमराज लोक दोहरी गीत संगीतसँगसँगै समाज सेवामा पनि सक्रिय छन् ।

आफ्नो बिशेष अवसर पारेर अनाथ बालवालिका र दिनदुःखीहरुलाई धेरथोर जति सकिन्छ सहयोग गर्न पछिपर्दैनन् उनि । स्टेज कार्यक्रमहरुमा अत्यधिक माग हुने गायकको रुपमा पहिचान बनाएका हेमराज डाँगीले अहिलेसम्म सयांै स्टेज प्रोगाममा आफ्नो खरो प्रस्तुति दिइसकेका छन् ।




आमा खिमी डागी र बुबा जित बहादुर डागीको कोखबाट जेठा सन्तानको रुपमा जन्म दिएका डाँगी अहिले गीतसंगीतको सिर्जनामा नै समय ब्यथित हुनेको बताउँछन् । डाँगी सानो उमेरदेखि नै गीत संगीत भनेपछि हुरुक्कै हुने गर्दथे । स्कुले जीवनमा पनि स्थानीय स्तरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थ्ये र उत्कृष्ट पुरस्कार पनि जित्दथे । उने भने – ‘मेरो प्रस्तुति देखेर अग्रज व्यक्तित्वहरु र साथी संगीहरुले तेरो गायकी कला राम्रो छ भन्नु हुन्थ्यो, हौसला दिनु हुन्थ्यो । तेही हौसलाले बिस्तारै गीतसंगीतमा प्रवेश गरियो र अहिले यसै क्षेत्रमा निरन्तर काम गरिरहेको छु ।’

२०६९ सालमा बलिन्द्र धारा आँशु किन झर्छ बोलको पहिलो गीत रेकर्डिङ गरेका उनले त्यसपछि नतर्कन नर्तक, नारीकै वर्त हो, खोली झर्यो डाँफे मयुर, हजुर आउनु होस, नाच हेर्नलाई जाम, साउदी दुबई कतार, दशैं आईसक्यो जस्ता दर्जनौ गीत गाए, जुन गीत दर्शक, श्रोताले निक्कै रुचाए पनि ।

एक संघर्षशील गायक, संगीतकर्मीको रूपमा आफूलाई चिनाउन रुचाउने गायक हेमराज डाँगी ‘बिशाल लुम्बिनी अवार्ड २०७९’ कार्यक्रममा सर्वाेत्कृष्ट च्वाईस अवार्ड, पर्व गीतबाट सर्वाेत्कृष्ट ‘ज्योती म्युजिक अवार्ड २०७९’, हिमालयन इन्टरनेशनल अवार्ड २०२३ मा निर्णायक ‘जर्ज’ अवार्ड पाएको छन्।

घरपरिवारको पहिलो साथ र समर्थनबाट आफू यहाँसम्म आएको बताउने गायक डाँगीले घरपरिवारको साथ नभएको भए आफ्नो गीतसंगीत यात्रा र जीवन नै अधुरो हुने बताउँछन् ।



सम्बन्धित
Loading...