कावासोतीमा पौडी खेल्न गएका बालक मृत फेला




रामकुमार श्रेष्ठ —

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा पौडी खेल्न कुलोमा गएका बालक १ दिन पछि मृत फेला परेका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार कावासोती नगरपालिका–७ रामनगर टोलका निवासी अमृता अधिकारीका छोरा १० वर्षीय अप्सन अधिकारी घर देखि केही पर बाडखोला भन्ने खोलामा पौडी खेल्न गएकोमा सोमबार दिउँसो ११ बजेतिर वेपत्ता भएको स्थानदेखि १५ सय मिटर पर मृत अवस्थामा फेला परेको हो ।

वेपत्ता बालकको खोजीका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाली सेनाको हात्ती सहितको टोलीले खोजी गरेको थियो ।

उनीसँगै पौडी खेल्न गएका साथीहरुले अधिकारी वेपत्ता भएपछि स्थानीय र आफन्तलाई खबर गरेका थिए ।

मृत बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ । यो सहित नवलपुरमा २ सातामा पौडी खेलेर डुब्ने क्रममा ६ जनाको निधन भएको छ ।



सम्बन्धित
Loading...