माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर निधन

रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीमा आइतबार माछा मार्ने क्रममा डुबेर एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो कावासोती १३ पिठौली नजिकै नारायणी नदी किनारमा बल्छी हानेर माछा मार्ने क्रममा डुबेर पिठौली १२ गैरी बस्ने २१ बर्षका विशाल थनेतको निधन भएको हो ।
मृतकको शव नारायणी नदीबाट बाहिर निकाली पोष्टमार्टका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको कावासोती १७ गोछाडाटार निवासी ५१ बर्षीया पार्वती अधिकारी भण्डारी सर्पको डसाईबाट गम्भीर विरामी परेका छन् ।
आफ्नै गोठमा काम गर्ने क्रममा उनलाई आइतबार सर्पले डसेको हो । उनको अवस्था गम्भीर रहेको र उनको उपचारका लागि भरतपुर जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।