नेपाल समाजवादी पार्टी नवलपुरद्वारा मध्यविन्दु जिल्ला अस्पतालमा वृक्षारोपण


रामकुमार श्रेष्ठ —
नवलपुर । डा. बाबुराम भट्टराईको नेतृत्वको पार्टी नेपाल सवाजवादी पार्टी नवलपुरले सोमबार मध्यविन्दु जिल्ला अस्पतालमा वृक्षारोपण गरेको छ ।



विभिन्न प्रजातिका ६० प्रकारका विरुवाहरुको वृक्षारोपण गरिएको नेपाल समाजवादी पार्टी नवलपुरका संयोजक कृष्ण गौतमले बताए ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्यहरुको सहभागिता रहेको थियो ।




वृक्षारोपण पछि आयोजित कोण सभामा बोल्दै नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य मोति रिजालले नेपाल समाजवादी पार्टीले संगठन विस्तार अभियान अन्तरगत आजदेखि देशभर एक साथ वृक्षारोपण गरेर संगठन विस्तार अभियान थालिएको बताए ।



सम्बन्धित
Loading...