ग्रीन फाउण्डेशन नवलपुरको अध्यक्षमा पाण्डे




नवलपुर । ग्रीन फाउण्डेशन नवलपुरका अध्यक्षमा ठाकुर पाण्डे चयन भएका छन् ।

कावासोतीमा भएको भेलाले ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा नवलपुरमा ग्रीन फाउण्डेशन नवलपुर शाखा गठन गरेको हो । जसको उपाध्यक्षमा गोमा पौडेल, सचिवमा दुर्गादेवी विष्ट, कोषाध्यक्षमा खेम नारायण महतो, सदस्यहरु लक्ष्मी वि क, भविलाल अस्लामी र तिल बहादुर सारु मगर रहेका छन्।




भेलामा ग्रीन फाउण्डेशनका केन्द्रिय सचिव सुरेश राउतले प्रशिक्षण समेत दिएका थिए ।



सम्बन्धित
Loading...