विश्व आदिवासी दिवसमा सार्वजनिक विदा दिन आदिवासी जनजाति महासंघ नवलपुरका माग
नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विश्व आदिवासी जनजाति दिवसमा नवलपुरमा सार्वजनिक विदा गर्न माग गरेको छ ।
विश्व आदिवासी दिवस साउन २४ गते कावासोतीमा जिल्ला व्यापी रुपमा मनाउने निर्णय गर्दै उक्त दिन जिल्ला भरी सार्वजनिक विदा दिन माग गरेको हो ।
वैठक नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
वैठकले साउन २४ गते नवलपुरका नमुना सदरमुकाम कावासोतीमा रहेको आदिवासी जनजाति महासंघको साझा संग्राहलय निर्माण स्थलमा मनाउने निर्णय गरेको हो ।
वैठकमा नेपाल मगर संघका केन्द्रिय सदस्य देवीसरा पुलामी, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका पूर्व अध्यक्ष राम तामाङ, पूर्व सचिव इन्द्र फाल मगर, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष जगतकाजी गुरुङ, नेवा देय दबु नवलपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष मित्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महिला महासंघ नवलपुरका अध्यक्ष ज्योति दराई, थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष रामप्रसाद महतो, अहिंसा बौद्ध प्रतिष्ठानका अध्यक्ष मिन लामा लगायत विभिन्न जातिय संगठनका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।
त्यसैगरी वैठकले आदिवासी जनजाति महासंघको संग्राहलय निर्माण स्थल भत्काइएको स्थानमा पुन संग्राहलय निर्माणका लागि पहल तथा छलफल गर्ने लगायतको निर्णयहरु गरेको छ ।