४ दिनमा फेला पर्‍यो बाढीले बगाएर बेपत्ता युवकको शव


बाढीले बगाएर बेपत्ता एक युवकको शव चार दिनमा फेला परेको छ।



घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरलाई साउन ९ गते साढे ४ बजेतिर बाढीले बगाएको थियो।

सोही दिनदेखि नै प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए।




जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चार दिनपछि घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा शुक्रबार दिउँसो पौने एक बजेतिर शव फेला परेको बताए।



सम्बन्धित
Loading...