कावासोतीमा यसरी मनाइयो अन्तराष्ट्रिय बाघ दिवस
शनिबार अन्तराष्टिय बाघ दिवस देशैभर विविध कार्यक्रमका साथ मनाईयो । बाघ सरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ । अन्तराष्टिय बाघ दिवसको अवसरमा नवलपुरको कावासोतीमा पनि प्रभात फेरी तथा रक्क्तदान कार्यक्रम गरेको छ ।
नवलपुर पर्यटन समितिद्वारा आयोजित कार्यक्रममा विभिन्न संघसस्थाहरुका प्रतिििनधहरुको उपस्थितिमा कावासोतीमा प्रभातफेरी गरेको हो । कार्यक्रममा आयोजक सस्थाका अध्यक्ष फन्स राम महत्तोको अध्यक्षता एवम् कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी , डिभिजन बन अधिकृत मेघराज पौडेल लगायतको आतिथ्यता रहेको थियो । आयोजक नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महत्तोले बाघको संरक्षण र जगर्ने गर्नु सवैको दायित्व भएको बताए ।
बाघ पर्यटनका र देशको अस्तित्वकै महत्वपूर्ण अंंग भएको भन्दै अध्यक्ष महत्तोले राज्यको अर्थतन्त्र वृद्धिमा समेत भुमिका खेल्ने स्पष्ट पारे ।
त्यसैगरी चिलाहा रत्तवल सामुदायिक ग्रामिण होमस्टे कावासोती १० , डिभिजन वन कार्यालय नवलपुर र जिल्ला प्रहरी कार्यालय नवलपुरको सहआयोजना रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा रक्क्तदान कार्यक्रम भएको हो ।
पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा अहिले बाघको संख्या तीन सय ५५ पुगेको छ । १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधार लगायतका विषय चुनौती बन्दै गएको डिभिजन वन कार्यालय नवलपुरका अधिकृत मेघराज पौडेलले बताए ।
मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।



