रामजानकी मन्दिरकाे पुजारीलाई चक्कु प्रहार


गाैरी शंकर जयसवाल
परासी १८ साउन ।पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकमा एक जनालाई चक्कु प्रहार भएकाे छ। पाल्हीनन्दन गाउँपालिकमा रहेकाे एक मन्दिरमा पुजा गर्न् पुजारीलाई चक्कु प्रहार भएकाे हाे ।



जिल्ला नवलपरासी पाल्हिनन्दन गा.पा. २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा बिगत २ बर्ष देखी पुजारीको कामगर्ने एक व्यक्तिलाई चक्कु प्रहार भएकाे प्रहरीले जनाएकाे छ ।

पाल्हिनन्दन गा.पा. २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा पुजारीको काम गर्ने ऐ.ऐ. बस्ने बर्ष अं. ५०/५५ को जयसराज पाण्डेलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटी फरार भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम डिएसपी भाेजराज पाण्डेयले जानकारी दिए ।




ई.प्र.का. महेशपुरबाट प्र.नि. मेघनाथ चापाँगाई को कमाण्डमा ५ जनाको टोली खटिगई घाईतेलाई तत्काल उद्वार गरि उपचारकाे लागि जिल्ला अस्पताल ल्याईएकाे प्रहरीले जनाएकाे छ ।

उनकाे उपचार भैरहेकाे र उनकाे अवस्था मध्यम,रहेकाे बताए। संलग्न, चक्कु प्रहार गर्ने मानिसको खोजिकार्य. तथा थप अनुसन्धान कार्य भईरहेको,प्रहरीले जनाएकाे छ उक्त स्थान इप्रका अमानिगय्जबाट अं. ३ कि.मि. पुर्व रहेकाे छ ।



सम्बन्धित
Loading...