पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध




२३ साउन । सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने दुईवटा सडकखण्ड खवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा–कुलेखानी–काठमाण्डौ सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।




पहिरोका कारण मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पहिरो खसी दुबै तर्फी बाटो अबरोध भएको छ । सोमबार राति खसेको पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने सवारी आवागमनमा समस्या भएको छ ।

यस्तै हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भिफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अवरुद्ध भएको छ ।

यसमार्ग अन्तर्गत भिमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारीसाधनहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।

दुबै मार्ग खुलाउँन सडक विभागसँग समन्वय भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए । लगातारको वर्षाका कारण तत्काल बाटो खुलाउँ सक्ने अवस्था नरहेको उनको भनाई छ । पानी पर्न कम हुनासाथ दुबै मार्ग खुलाउँने कार्य हुने प्रवक्ता कार्कीले बताए ।



सम्बन्धित
Loading...