नवलपुरको कावासोतीमा २९ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइदै




नवलपुर । २९ औं विश्व आदिवासी दिवस नवलपुरमा विविध कार्यक्रम गरी बुधबार साउन २४ गते मनाइने भएको छ ।

नवलपुरमा विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र पालिका समन्वय परिषदहरुको संयुक्त आयोजनामा कावासोतीमा र नेपाल आदिवासी जनजाति महासंघ गैडाकोटले गैडाकोटमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि विश्व आदिवासी दिवस मनाउँदै छ ।




कावासोतीमा आयोजना गरिएको कार्यक्रम कावासोतीको पानस वैंकटमा हुने जनाइएको छ । यस अघि कार्यक्रम कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरमा हुने जनाइएको भए पनि पानीका कारण पानस बैंकटको हलमा स्थानान्तरण गरिएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा नवलपुरमा आदिवासी जनजाति समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका साथै नवलपुरमा रहेका १० वटा जातीय घटकका झाँकी तथा सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्यालको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।



सम्बन्धित
Loading...