क्याम्पस बसकाे ठक्करबाट एक जनाको मृत्यु
महोत्तरी,७ भदौ ।
महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौली स्थित चौकमा दामोदर एकेडमी गेट अगाडि मिट क्याम्पस जनकपुरको बसले ठक्कर दिंदा एक जनाको घटना स्थल मैं मृत्यु भएको छ ।
प्रकौली निवासी ३५ वर्षीय संतोष यादव ज ८ प ९२६७ नं को मोटरसाइकलमा प्रकौलीबाट जनकपुरतर्फ जान लगदा बिपरीत दिसाबाट आउदै गरेको बा २ क १५३६ नं को मिट क्याम्पसको बसले उनलाई ठक्कर दिएको हो ।
यता शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । बस प्रहरी नियन्त्रणमा रहेकाे छ ।
हुलाकी सड़कको जलेश्वर जनकपुर सड़क खण्डमा काम नहुँदा समेत सड़क अबरुद्ध पारेर राखदा दुर्घटना भएको भन्दै स्थानीयले अहिले सड़क जाम गरेका छन ।
