माओवादी केन्द्रको नवलपुरमा ३ महिना अभियान, हरेकले ३ दिन श्रमदान गर्नै पर्ने




अर्जुन अविरल –
नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आज बसेको बिस्तारित बैठकले जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नारासहित ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि देशैभरि एकैचोटी ३ महिने अभियानको उद्घाटन हुँदै छ ।

माओवादी केन्द्रले देशैभरीका जिल्ला ईञ्चार्ज हेरफेर र केन्द्रीय सदस्यको कार्यक्षेत्र हेरफेर यसअघि नै गरिसकेको थियो ।
त्यही अनुसार नवलपुरको ईञ्चार्जमा अमर तमु आएका छन्।




नवलपुरका जिल्ला संयोजक बालकृण्ण रानाभाट बैकल्पिक केन्द्रीय सदस्य भएपछि कृण्ण प्रसाद पराजुलीलाई जिल्ला संयोजक तोकिएको थियो । जिल्लामा रहेका केन्द्रीय सदस्यलाई अन्तरप्रदेशका जिल्लाहरूमा र नगर ईञ्चार्जहरूलाई जिल्लाका अन्य नगरमा ईञ्चार्ज हुनेगरी हेरफेर गरेको छ । जिल्ला सचिव केन्द्रीय सदस्यमा मनाेनित भएपछि जिल्ला सचिवमा तारा भूषाललाई चयन गरिएकाे छ ।

भाद्र १६ गते देशै भरि एकैचोटी ३ महिने अभियानको उद्घाटन हुनु पूर्व भाद्र ८ गतेसम्म जिल्लाको बैठक, १२ गतेसम्म नगरको बैठक र १५ गतेसम्म सबै वडाको बैठक बसी सक्ने जनाईएको छ ।

अभियानको क्रममा पालिकास्तरीय र वडास्तरीय प्रशिक्षण सञ्चालन गर्ने, घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवार भेट्ने कार्यक्रम रहको जनाईएको छ । त्यसैगरी सम्पूर्ण पार्टी सदस्यले ३ दिने श्रमदान गर्ने, किसानहरूको घरघरमा गएरमा काम गर्ने जनाईएको छ ।

बिस्तारित बैठकबाट पालिका हेर्ने गरी प्रदेश सदस्य र वडा हेर्ने गरी जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू किशन शर्मा, सुष्मा खनाल, भगवती तिवारी, प्रकाश न्यौपाने, हेमराज लामिछाने, सरोज शर्मा, बैकल्पिक सदस्यहरू धनप्रसाद सापकोटा र बालकृण्ण रानाभाटसहितकाे उपस्थिति रहेकाे थियाे ।



सम्बन्धित
Loading...