नवलपुर काठमाण्डाैं सम्पर्क समन्वय समितिकाे संयाेजकमा भुजेल




काठमाण्डाैें ।
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) निकट नवलपुर काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेलाले तुल बहादुर भूजेल (बसन्त) लाई संयाेजक ताेकेकाे छ । शुक्रबार सम्पन्न भएकाे भेलाले भूजेलकाे संयाेजकत्वमा ५१ सदस्सीय समिति बनाएकाे हाे ।




सम्पर्क समन्वय समिति सदस्य तथा नवलपुर काठमाडौं सम्पर्क समन्वय समितिको इन्चार्ज टीका भुर्तेलको अध्यक्षतामा भएकाे भेलामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा पुर्वमन्त्री गिरिराजमणि पोख्रेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

पाेख्रेलले सम्पर्क समन्वयमा जाेडिनु भएकाहरूलाई पार्टीकाे ३ महिने अभियानलाई सफल पार्न जाेडदार रूपमा लाग्न आग्रह गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बिशेष अतिथिकाे रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कलाधर देवकोटा, सम्पर्क समन्वय समितिका कोषाध्यक्ष तारा कुमाल, सम्पर्क समन्वय समिति सदस्य तथा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष राम प्रसाद भन्तना, नवलपुर काठमाडौं सम्पर्क समन्वय समितिका सल्लाहकार पुरुषोतम सिम्खडा, गणेश चितौरे लगायत नवलपुरबाट काठमाडौं आएर बसोबास गरेका व्यक्तिहरूको उपस्थित रहेकाे थियो ।

भेला काठमाण्डाैं गार्डेन हाेम पक्नाजाेलमा सम्पन्न भएकाे हाे ।



सम्बन्धित
Loading...