कावासाेतीमा नगरस्तरीय लाखेनाच प्रतियाेगिता


कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती १४ त्रिभुवनटारमा आज कावासाेती नगर स्तरीय लाखेनाच प्रतियाेगिता भएकाे छ ।



भीमसेन कालिका नेवा गुठी र सनराईज युवा क्लबकाे आयोजनामा भएकाे प्रतियाेगितामा कावासाेतीका ५ वटा गुठीले भाग लिएका थिए । प्रतियाेगितामा गणेश नेवा गुठी गाेछडा प्रथम, भीमसेन कालिका नेवा गुठी त्रिभुवनटार द्वितीय र भीमदेवचुली नेवा गुठी थकाली चाेक तृतीय भएकाे थियाे ।

प्रतियाेगिताका विजयी गुठीहरूलाई संविधान सभा सदस्य जीवन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बाेल्दै संविधान सभा सदस्य जीवन श्रेष्ठ नेपालका सम्पूर्ण आदिबासी जनजातिकाे भाषा, धर्म, संस्कृति, भेषभुषाकाे संरक्षण गरे मात्र नेपाल समृद्धि हुनेमा जाेड दिए ।




प्रतियाेगितामा नेपाल आदिबासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, कावासाेती नगर उपप्रमुख फूलकुमारी थनेत, नेवा देय दबु गण्डकी प्रदेश काेषाध्यक्ष भुपराज श्रेष्ठ, कुमारी शैक्षिक गुठीका दीपकलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

गुठीका अध्यक्ष माेहन कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन मित्रलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा सिका नेवा गुठी कावासाेती थाना चाेककाे समूहले धिमीबाजा प्रदर्शन गरेका थिए ।



सम्बन्धित
Loading...