नवलपुरमा जनतासंग माओवादी विशेष रूपान्तरण अभियान


अर्जुन अविरल –
नवलपुर, भाद्र १६ ।



घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारा सहित नवलपुर सहित देशैभरिका वडाहरूमा जनतासंग माओेवादी विशेष रूपान्तरण अभियानकाे शनिवार उद्घाटन भएकाे छ । नवलपुरमा रहेकाे ९२ वटै वडाका केही ठाउँमा संयुक्त वडा गरि कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे ।

अभियानकाे उद्घाटन प्रचण्डले बिहानै ९ बजे गरे पनि नवलपुर जिल्लामा भने पूर्व तयारी ११ बजे नै गरिएकाेले जिल्ला भरिका प्राय सबै वडाहरूमा ११ देखि १ बजेसम्म सबै ठाउँमा अभियानकाे उद्घाटन भएकाे छ ।




जिल्ला ईञ्चार्जदेखि सबै प्रदेश समितिका सदस्य र जिल्ला सदस्यहरूलाई विभिन्न वडाहरूमा जिम्मा लगाईएकाे थियाे ।
जिल्ला ईञ्चार्ज अमर तमु कावासाेती १६, जिल्ला संयाेजक कृण्णप्रसाद पराजुली कावासाेती ३, प्रदेश सदस्यहरू प्रतिमा भूषाल कावासाेती ११,१२, प्रेमा खनाल कावासाेती १६, लगायतमा विभाजन भएर अभियानकाे उद्घाटन गरिएकाे थियाे ।

कावासाेती १६ काे अभियानकाे उद्घाटनमा बाेल्दै माओेवादीका केन्द्रीय सदस्य नवलपुर जिल्ला ईञ्चार्ज अमर तमुले माओेवादीकाे रूपान्तरण अभियानमा आफूहरू सच्चिने बताएका छन् । जनताकाे मुख्य समस्या के छन् त्यसलाई लिएर आफूहरू पार्टी केन्द्रमा पुग्ने र सकेकाेसम्म सरकार मार्फत् हल गर्ने सम्म जनाएका छन् ।

अभियानकाे क्रममा पालिकास्तरीय र वडास्तरीय प्रशिक्षण सञ्चालन गर्ने, घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवार भेट्ने कार्यक्रम रहकाे जनाईएकाे छ । त्यसैगरी सम्पूर्ण पार्टी सदस्यले ३ दिने श्रमदान गर्ने, किसानहरूकाे घरघरमा गएरमा काम गर्ने जनाईएकाे छ ।

अभियानकाे लागि केन्द्रीय सदस्यहरू सुष्मा खनालकाे गैडाकाेट, भगवती तिवारीकाे देवचुली, प्रकाश न्याैपानेकाे मध्यविन्दु, हेमराज लामिछानेकाे हुप्सेकाेट र सराेज शर्माकाे बाैदिकाली जिम्मा रहेकाे छ ।

त्यसै गरि प्रदेश सदस्यहरूमा देवि अधिकारी, कृण्णप्रसाद भट्टराई (सागर) र गाेपी कंडेलकाे गैडाकाेट डासीराम बस्याल र कुशल रक्षाकाे देवचुली, प्रतिमा भूषाल, प्रेमा खनाल र जिल्ला संयाेजक कृण्ण प्रसाद पराजुली कावासाेती, नेत्र सुनार र ईश्वरी महताेकाे मध्यविन्दु , तारा भुषाल र दमयन्ति रूचाल हुप्सेकाेट गाउँपालिका, सूर्य न्यापाने र टंक पुलामी बुलिङ्टार गाउँपालिका, चेतनाथ पाेख्रेल र यम सारू बाैदिकाली गाउँपालिका, सरला पाेख्रेल र चन्द्रबहादुर थापा मगर बिनयी त्रिवेणी हर्ने गरि जिम्मेवारी बाँडफाँड भएकाे जिल्ला सचिव तारा भूषालले जनाएका छन् ।



सम्बन्धित
Loading...