नदीजन्य वस्तु तस्करको आक्रमणबाट नवलपुरमा नगरप्रहरी महिला गम्भीर घाइते




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीमा नदीजन्य वस्तु तस्करको आक्रमणबाट १ जना नगर प्रहरी महिला घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट ४ झ्यालबास स्थित गिरुवारी खोलामा नदीजन्य पदार्थ तस्करी रोक्न पुगेका हुप्सेकोट गाउँपालिकाका नगर प्रहरी महिला यममाया मल्ल तस्करको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् ।

तस्करहरुले ढुंगा प्रहार गरी आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको र उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर गरिएको छ ।

फरार तस्करहरुलाई प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका ४ बस्ने २५ बर्षीय देवबहादुर सोमै, २१ बर्षीय रोसन थापा र ट्याक्टर चालक हुप्सेकोट ३ निवासी २४ बर्षीय मुक्तनाथ बैम्बु रहेका छन् ।

प्रहरीले उनीहरुले प्रयोग गरेको लु ४ त ४७३६ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...