आर्थिक उपार्जन तर्फ मुसहर समुदाय





घनश्याम बगाले —

नवलपरासी — कावासाेती साँढका बम बहादुर मुसहर काँधमा जाल बाेकेर नदीमा जान छाडेकाे धेरै समय भैसके छ ।
फलफूल चाेककाे साेमबारे हाटमा भेटिएका बमबहादुरलाई तरकारी किन्न आएका ग्राहकसंग माेलताेल गर्न मै हताराे थियाे ।
प्रत्येक हप्ताकाे साेमबार,बुधबार र शनिबार तीन दिन बम बहादुर साईकलमा तरकारी बाेकेर हाट लाउन फलफूल चाेक आउने गर्दछन् ।


चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउकाे सानाे घर र घर नजिककाे सामूहिक प्लटमा आँफैले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहकहरू झुम्मिने गर्दछन् ।

उन कहाँ लुँडे, खाेलेसाग , फर्सीकाे मुन्टा, लाेकल खुर्सानी, केरूङ साग, मकै बाेडी र ताजा निउराे समेत पाईने ग्राहकहरू बताउछन् ।

बम बहादुरले भने पुगे सम्म त आफैले उत्पादन गरेका तरकारी बेच्छु, व्यापार त गर्नै पर्छ कहिले काहीं स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेकाे छु ।

त्यसाे त यहाँको मुसहर समुदायले बस्ती छेवैकाे खाली जग्गामा खनिएकाे माछा पाेखरीमा रहु, नैनी, कमन लगायतका उन्नत जातका माछा पालेर थप आय आर्जन पनि गर्ने गरेकाछन् ।

बम बहादुरसंगै उनकाे टाेलका मानिसहरू करिव एक दशक अघि सम्म नारायणी नदी तथा त्यस वरपरका ताल र घाेलमा माछा मारेर जीविको पार्जन गर्ने गर्दथे ।

पछिल्लाे समय यहाँको १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य बैकल्पिक पेसा तर्फ लागेकाे छ ।
नदीमा माछा मारेर जीविकाे पार्जन गर्ने याे समुदायलाई बैकल्पिक पेसा तर्फ उन्मुख गराउन बिगतमा बिभन्न सामाजिक संघ संस्थाकाे पनि उल्लेखनीय भूमिका रहेकाे जानकारहरू बताउछन् ।

स्थानीय कावासाेती ७ साँढकाे मुसहर बस्तीका अधिकांश घर परिवार नदीमा माछा मार्न छाडेर अहिले खेतीपाती , ज्याला मजदुरी, बैदेशिक राेजगारीमा र कतिपय डकर्मी पेसा तर्फ उन्मुख भएकाछन् ।

पहिले पहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसंगकाे पहूँच नहुदा जग्गा जमिन जाेड्ने कुराबाट वन्चित मुसहर समुदायका मानिसहरू कतिपय स्थानीय बस्तीका किनारमा झण्डै दुई पुस्ता देखि भूमिहिन अवस्थामै रहेकाछन् ।

साेमबारे हाटमै भेटिएकी रमिया मुसहर पनि पूर्ख्याैलि पेसामा संकट आउन थाले पछि आफूहरू बैकल्पिक आय आर्जनको बाटाे तर्फ लागेकाे बताउछिन् ।

हुन त हाम्राे परम्परागत पेसा माछा मार्ने नै हाे तर यस पेसामा समस्या आउन थाल्याे, नदीमा माछै पाईन छाड्याे,निकुञ्जकाे निगरानी पनि बड्दै गयाे,गैंडा बाघ जस्ता जंगली जनावरकाे जाेखिमसंगै मुसहर समुदाय पेसा परिवर्तन तर्फ लागेकाे रमियाकाे भनाई छ ।

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएका स्थानीय धर्म बहादुर मुसहर मछुवारी पेसा भन्दा खेती किसानीले नै परिवारमा केही खुसियाली थपिएकाे बताउँछ्न् ।

नदी खाेलाकाे माछा र निकुञ्जकाे निउराे, तामामा आश्रित याे बिपन्न समुदाय पेसै परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयासमा रहे पनि आर्थिक उत्थानमा राज्यकाे नजरबाट भने ओझेल मै रहेकाे छ ।

यसै सम्बन्धमा अहिले सम्म पनि स्थानीय सरकार बिपन्न मुसहर समुदायको आय आर्जन बृद्धिका पक्षमा मुकदर्शक बनेकाे बम बहादुर मुसहर बताउछन् ।




सम्बन्धित
Loading...