क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा जलायो नेपालको संविधान
कावासोती । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा संविधान जलाएको छ ।
नेपालको संविधान २०७२ प्रतिगामी संविधान भएको भन्दै जलाएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको नेतृत्वमा रहेको टोलीले कावासोतीमा संविधान जलाएको हो ।
उनले कार्यक्रममा बोल्दै यो संविधान नेपाली जनता र जनहितको पक्षमा नभएको कारण जलाउनु परेको बताए ।