प्रदेश प्रतिनिधि छान्न एमाले कावासाेतीमा सकस, २९ पदमा ९९ जना आकांक्षी




नवलपुर । असाेज १५ र १६ गते हुने नेकपा एमालेकाे प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्न नेकपा एमाले कावासाेती नगर कमिटिलाई हम्मे हम्मे परेकाे छ ।

कावासाेतीबाट खुल्लाबाट १४, महिला खुल्लाबाट ८ जना, युवाबाट ३ जना र दलितबाट १ जना महिलासहित ४ जना गरी २९ जना प्रतिनिधि छानिने छन् । २९ पदमा ९९ जनाकाे हाराहरीमा आकांक्षी छन् ।




आजसम्म प्रतिनिधि छानिसक्नु पर्नेमा दलित तर्फकाे बाहेक अन्यकाे प्रतिनिधि टुंग्याउन सकेकाे छैन । नटुंगिएकाे प्रतिनिधि अन्तिम टुंगाे लगाउने जिम्मा केन्द्रीय सदस्य तिलक महत, कृष्ण पाैडेल, रविन्द्र अधिकारी, पद्मा जिसी र मुक्ति पाण्डेलाई जिम्मा दिईएकाे छ ।

खुल्ला तर्फकाे १४ जनाकाे काेटामा पूर्व प्रदेश सदस्यहरू राेशन गाहा, जीवन श्रेष्ठ, विष्णु भुसाल, मंगल लामा, टंकमणि शर्मा, चिन्तामणि चाैधरी लगायत ८ जनालाई स्वतः प्रतिनिधि छान्ने तय भएकाे छ भने बाँकी ६ जना प्रतिनिधिमा काे काे पर्ने भन्ने रस्साकस्सी चलेकाे छ । ६ पदमा ६० बढी आकांक्षी छन् ।
महिला खुल्ला ८ जनामा पूर्व पर्देश सदस्य सीता खड्का सहित १५/१६ जना आकांक्षि रहेका छन् ।
युवा ३ जनामा मदन गिरी, तबारक अहमद मिया, भेषराज अधिकारीकाे नाम चयन हुने सम्भावना प्रवल रहेकाे छ। यसका लागि ७ जना आकांक्षी देखिएका छन् ।

दलित ४ मा बाबुराम विक, राजेश राेनाम, नेत्र सुनार र गाेमा नेपालीकाे नाम भने टंगिएकाे छ ।

प्रतिनिधि चयनमा निर्वाचन भने नगर्ने भएकाे छ । नवलपुरकाे अन्य पालिकामा प्रतिनिधि चयन भने टुंगिसकेकाे छ तर देवचुलीमा भने असन्तुष्ट पक्षधरले ताला लगाईदिएका छन् ।



सम्बन्धित
Loading...