गैडाकोटमा दुर्घटनाः १४ जना घाइते




रामकुमार श्रेष्ठ —

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १२ हर्कपुरमा नारायणगढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको विङ्गर आज साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विङ्गरमा सवार १५ जना मध्ये १४ जना घाइते भएका हुन् ।

घाइतेहरु मध्ये ४ जनाको गैडाकोट नगर अस्पताल भेडाबारी र बाँकीको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...